ला लिगाको दोस्रो स्थानमा रियल मड्रिड « Khabarhub

ला लिगाको दोस्रो स्थानमा रियल मड्रिड


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दोस्रो स्थानमा रहँदै रियल मड्रिडले स्पेनिस ला लिगाको सुखद अन्त्य गरेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित निकाल्दै रियल मड्रिडले सुखद अन्त्य गरेको हो ।

शनिबार राति भएको खेलमा रियलले उत्कृष्ट पुनरागमन गर्दै भिल्ला रियलमाथि २-१ गोलको जित निकालेको हो ।

खेलको २०औँ मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

८७औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

रियल च्याम्पियन एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्‍यो । दोस्रो स्थानको रियलले ३८ खेलमा ८४ अंक जोड्यो । एट्लेटिकोले ८६ अंक जोड्यो । भिल्ला ५८ अंक जोडेर सातौँ स्थानमा रह्यो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ४० बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको