१० वर्षदेखि फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

१० वर्षदेखि फरार अभियुक्त पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार अभियुक्त तनहुँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएका विन्द्र सिंह भनिने सागर प्रजा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनलाई  शुक्रबार तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको हो ।

२०६७ सालको पुस १९ गते निकुञ्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली प्रहार गरी खाग तस्करी गरेको अभियोगमा प्रजाविरुद्ध २०६७ साल चैत २७ गते मुद्दा दर्ता गरिएको थियो।

२०७२ साल असार ३० गते भएको फैसलामा उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उच्च अदालत पाटन–हेटौडाको संयुक्त इजलासमा २०७४ फाल्गुन १५ गते भएको पुनरावेदनबाट समेत सोही सजाय सदर भएको थियो ।

निकुञ्जमा मुद्दा दर्ता भएर अदालतले फैसला गरिसक्दा पनि प्रजासँगै सोही मुद्दाका ७ जना फरार रहँदै आएका थिए। उनले कम्तीमा पाँच वटा गैंडा मारेको बुझिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ४० बजे

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा