फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी « Khabarhub

फाइजर र एस्ट्राजेनेकाको खोप भारतीय भेरियन्टको कोरोनाविरूद्ध पनि प्रभावकारी


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फाइजर र अक्सफोड–एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरूद्धको खोप भारतमा देखिएको नयाँ भेरियन्टविरूद्ध पनि प्रभावकारी  भएको छ ।

खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता भारतमा देखिएको भेरियन्टमा पनि प्रभावकारी भएको बेलायती स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।

बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन