वैकल्पिक सरकार बन्न नदिन देउवाले किर्ते नाम बुझाए : प्रधानमन्त्री ओली « Khabarhub

वैकल्पिक सरकार बन्न नदिन देउवाले किर्ते नाम बुझाए : प्रधानमन्त्री ओली


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयास स्वरुप राष्ट्रपति कार्यालयमा किर्ते नाम बुझाएको आरोप लगाएका छन् ।

फर्जी हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारसँगको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगरेको बताए । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो ।

उनले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे । लोकतन्त्र अनुशासित, मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उनले वुद्धि र प्रतिष्ठाको मिस युज गरेर बुद्धिजीवीहरुले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधान माथिको निष्ठामा आँच पुर्‍याउने काम गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ०३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर