२५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

२५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालि लगायतको संयुक्त पहलमा कोभिड-१९ महामारीसँग लड्न १३ टन भन्दा बढी स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको जनाइएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई उक्त  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्रीमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स रहेक छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना रोकथामका र नियन्त्रणका साथै संक्रमितको उचित उपचारका लागि सामग्री प्रयोग गरिने बताए । कोरोनाको दोश्रो लहर घातक रहेको र तेश्रो लहरहको पनि जोखिम रहेकाले त्यसको तयारीका लागि सरकार जुटेको उनले बताए ।

उहाले आगामी दिन पनि सहयोगको अपेक्षा गर्दै कोरोना नियन्त्रण र महामारी रोक्न मन्त्रालयसंग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जसमा १ लाख २३ हजार भन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, ५ हजार बाकस सिटोटेष्ट श्वाब किट्स (२ लाख ५० हजार किट), २ म्याजेक ३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी ब्याप, नन्-इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सिमिटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

तामासेक फाउन्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, ‘कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।’

सिंगापुर स्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसै गरी २०७२ को भूकम्प पछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।

लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेसन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ भन्ने आशा गरेका छन् ।

सो सामग्री लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट शनिबार काठमाडौं आएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ४७ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार