नागरिकता अध्यादेश प्रमाणीकरणले निकै हर्षित छु : प्रभु साह « Khabarhub

नागरिकता अध्यादेश प्रमाणीकरणले निकै हर्षित छु : प्रभु साह


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि प्रतिक्रिया जनाउँदै नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए ।

उनले नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बन्चित रहेको हुँदा उनीहरूले नागरिकता पाउनुमा आफ्नो खुशी रहेको बताए । उनले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली एवम् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष धन्यवाद समेत दिएका छन् ।

“सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ, सर्वप्रथम त त्यसका लागि उहाँसहित प्रधानमन्त्रीज्यू एवम् सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यहरुलाई समेत धन्यवाद दिन चाहन्छु । मेरो लामो संघर्षको परिणामको रुपमा नागरिक अध्यादेश पारित हुँदा मलाई धेरै खुशी लागेको छ । विगतमा हाम्रो पार्टी नेकपाले नागरिकतासम्बन्धी समस्या समाधान गर्नुको सट्टा झनै जटिलता थप्दा ठूलो जोखिम लिएर विरोधमा उत्रिएको, संसददेखि बाहिरसम्म निरन्तर संघर्ष गरेको हुँ ।” नेता साहले भने, “अब नागरिकता नपाएका लाखौं युवाहरुले नागरिकता पाउनेछन्, राज्यको नागरिक भएको महसुस गर्नेछन् र सेवा सुविधा प्राप्त गर्नेछन् । यही नै मेरो विजय हो, म यसमा निकै हर्षित छु । अहिले अध्यादेश समस्या समाधान गर्न प्रयास भएपनि यसलाई कानुनको रुप दिएर सदाका लागि नागरिकता सम्बन्धी समस्या समाधान गर्नुपर्छ ।”

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ०७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न