हङकङकी साङ यीले राखिन् छिटो सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान « Khabarhub

हङकङकी साङ यीले राखिन् छिटो सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङकी आरोही साङ यी हङले सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान बनाएकी छन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन् ।

उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको खबर आएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । यसअनुसार उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी छन् ।

यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो । उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी थिइन् ।

पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेका छैनन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ३० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न