कर्णालीमा थप १० कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

कर्णालीमा थप १० कोरोना सङ्क्रमितको मृत्यु


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक/एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

“कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुम्ला र जाजरकोटमा दुई/दुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उनका अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

आज कर्णालीमा ५१० व्यक्ति कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : ०९ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा