स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ « Khabarhub

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर–ढलकेवर सडकखण्डअन्तर्गत स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मंगलबार सोही सडक खण्ड अन्तरगत मटिहानीस्थितबाट स्रोत नखुलेको रकमसहित महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालक हुन् ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकलबाट जनकपुर आउँदै गर्दा मटिहानी नगरपालिका ९ विग्ही खोलास्थित चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० हजार बरामद गरेको हो । पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै