स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ « Khabarhub

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर–ढलकेवर सडकखण्डअन्तर्गत स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मंगलबार सोही सडक खण्ड अन्तरगत मटिहानीस्थितबाट स्रोत नखुलेको रकमसहित महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालक हुन् ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकलबाट जनकपुर आउँदै गर्दा मटिहानी नगरपालिका ९ विग्ही खोलास्थित चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० हजार बरामद गरेको हो । पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०० बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ