मोटरसाइकल चोरेर पाटपूर्जा बेच्ने तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरेर पाटपूर्जा बेच्ने तीन जना पक्राउ


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो। त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो।

डीएसपी खनालका अनुसार पटेलले मोटरसाइकल चोरी गरी आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे।

पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो। त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो। उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ३० बजे

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

तनहुँ– स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन