खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु « Khabarhub

खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ ।

गोरखाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए ।

शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कँदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए ।

मङ्गलबार साँझ उक्त घटना भएको उनले बताए । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उनी घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए ।

घटनाको खबर प्राप्त भएलगत्तै बुङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : ५५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि