अभिनयमा फ्लप, विवादमा हिट | Khabarhub Khabarhub

अभिनयमा फ्लप, विवादमा हिट


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउडमा कलाकार यस्ता छन्, जो फिल्ममा असफल भए पनि विवादको मामलामा भने उनीहरु सफल छन् । उनीहरु विवादमा आउनकै लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । सामाजिक सञ्जालमा होस् या आफ्नो ग्ल्यामरका कारण, उनीहरु विवाद र चर्चाको विषय बनिरहन्छन् ।

बलिउडमा विवादको नाम लिँदा नछुट्ने अनुहार हुन् पुनम पाण्डे । उनी सामाजिक सञ्जालमा आफ्नो एरोटिक फोटो र भिडियो निरन्तर राखिरहन्छिन् । पुनमले सन् २०१३ मा फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरिन् । उनले हिन्दी, तेलुगू, कन्नड र भोजपुरी फिल्ममा काम गरेकी छन् ।

फिल्ममा अभिनय गरे पनि पुनमले सफलता पाउन सकिनन् । त्यहीकारण उनले सामाजिक सञ्जालमा आफ्नो नग्न, अर्ध नग्न तस्वीर शेयर गरेर सनसनी सिर्जना गरिन् । उनले सन् २०११ मा विश्वकप क्रिकेटका समयमा भारतले क्रिकेट जितेमा आफू नग्न हुने बताएकी थिइन् । यही भनाइले उनलाई बलिउडमा चर्चामा ल्यायो ।

पुनमले गत वर्ष सेम बम्बेसँग विवाह गरिन् । तर १० दिनपछि उनले सेमविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराइन् । यसपटक पनि पुनमले न्यूजिल्याण्डविरुद्धको क्रिकेट भारतले जितेमा नग्न हुने घोषणा गरेकी छन् ।

‘आइटम गर्ल’ राखी सावन्तले कैयौं फिल्म उद्योगमा काम गरिसकेकी छन् । फिल्ममा उनी अभिनय भन्दा पनि आइटम गीतमा धेरै चलेकी छन् । यसबाहेक उनको नाटकीय शैली उत्तिकै लोकप्रिय छ । उनले टेलिभिजनमा पनि काम गरेकी छन् ।

विवादको कुरा गर्दा राखी नछुट्ने नाम हो । विवादकै कारण उनको करियर डामाडोलको अवस्थामा पनि पुगेको छ । ‘बिग बोस १४’ मा आएपछि उनले आफ्नो लोकप्रियता मलजल गरिन् । राखी अन्तरंग क्रियाकलाप र नाटकबाजीका लागि चिनिन्छिन् ।

मोडल तथा अभिनेत्री शर्लिन चोपडा एरोटिक भिडियो र फोटोका लागि चर्चित छिन् । शर्लिनले टेलिभिजन र फिल्म दुवैमा आफ्नो भाग्य स्थापित गर्न खोजिन् । तर त्यसमा सफलता पाउन सकिनन् ।

शर्लिन प्लेब्वाइ पत्रिकाका लागि नग्न पोज दिने पहिलो भारतीय महिला हुन् । उनी नग्न तस्वीरका अलावा बेतुक कुराका कारण चर्चामा आइरहन्छिन् ।

विदुषी बनेको दाबी गर्ने अर्की मोडल सोफिया हयातले बलिउड र टेलिभिजनको दुनियाँमा आफ्नो नाम बनाउने प्रयास निकै गरिन् । अभिनेत्रीको चाहना राखे पनि उनले सानातिना भूमिकामै चित्त बुझाउनुपर्‍यो ।

अभिनयमा असफल भएपछि उनी बेतुक कुराका कारण चर्चामा आइरहिन् । उनले पछिल्लो दिन अभिनेता सलमान खानमाथि निशाना साँधेकी थिइन् ।

पायल रोहतगीले पनि अभिनय करियरमा खासै कमाल देखाउन सकिनन् । ‘बिग बोस’ मा राहुल महाजनसँग पायलको केमेष्ट्री निकै चर्चामा रहेको थियो । अहिले पायल अभिनयबाट टाढिएर राजनीतिक वक्तव्यबाजीका कारण चर्चामा आइहन्छिन् ।

उनले कैयौंपटक बलिउडमाथि निशाना साँधेकी छन् । उनले मोदी सरकारको समर्थन गर्दै कैयौं पटक विपक्षीमाथि विभिन्न आक्षेप लगाएकी छन् ।

बंगाली अभिनेत्री पायल घोष गत वर्ष निर्देशक अनुराग कश्यपमाथि गम्भीर आरोप लगाउदै चर्चामा आएकी थिइन् । पायलले अनुरागमाथि ‘मीटू’को आरोप लगाएकी थिइन् । कैयौं दिनसम्म उनी मिडियामा चर्चाको विषय बनिन् ।

त्यसपछि उनी रामदास अठावलेको पाटीमा आबद्ध भइन् । पायलको अभिनय करियर कैयौं क्षेत्रीय फिल्ममा काम गरेपछि फ्लप भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ५९ बजे

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको