मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति « Khabarhub

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत साताको निरन्तर वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनियर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने, “कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिने बताइएको छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए ।

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिनेछ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौँमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उनले भने, “आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।”

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले बताए । उनले भने, “त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।” –रासस

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ०१ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक