यसरी सुरु भयो फिल्ममा पहिलो यौन दृश्य « Khabarhub

यसरी सुरु भयो फिल्ममा पहिलो यौन दृश्य


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(आजतक)– आधुनिक फिल्ममा यौन दृश्य सामान्य बनेको छ । आजकल विश्वका हरेक फिल्ममा कही न कही यौन दृश्य समेटिएको हुन्छ । तर सुरुवाती समयमा यस्ता दृश्यमा आपत्ति जनाइन्थ्यो ।

कुन फिल्मबाट यौन दृश्यको सुरुवात गरियो भन्ने आम चासो हुनसक्छ । ८८ वर्ष अघि आधुनिक फिल्मको इतिहासमा पहिलोपटक सन् १९३३ मा यौन दृश्य खिचिएको थियो । यो दृश्य फिल्म ‘एक्सटेसी’मा राखिएको थियो । फिल्मका निर्देशक चेज र निर्माता गुस्ताब माचेटी थिए ।

फिल्ममा अष्ट्रेलियन मूलकी हेडी लमारले ‘इवा’को भूमिका निभाएकी थिइन् । फिल्ममा इवा नवदुलही हुन्छिन् । जसको विवाह आफूभन्दा ठूलो उमेरको एक व्यक्तिसँग भएको हुन्छ । बिना प्रेमको यो विवाहमा इवा डिभोर्स चाहन्छिन् ।

फिल्मको दृश्य अनुसार इवा कन्ट्रीसाइड लेकमा कपडा एक छेउमा राखेर पौडिनका लागि तयार हुन्छिन् । पौडी खेलिरहँदा एक घोडाले उनको कपडा उठाएर त्यहाँबाट हिँड्छ । यो देखेकी इवा कपडा लिनका लागि घोडाको पछि पछि दौडन्छिन् ।

त्यही बेला एक युवकले त्यो घोडालाई समात्छन् र झाडीमा लुकेकी इवालाई कपडा दिन्छन् । दुवैजना कुराकानी गर्छन् र ती युवकले इवालाई प्रभावित पार्छन् । त्यही बेला पहिलो यौन दृश्य खिचिन्छ । फिल्ममा अर्को पनि करिब डेढ मिनेटको यौन दृश्य राखिएको छ ।

तत्कालिन समयमा यौन दृश्यलाई फिल्ममा समेटिएको थिएन । त्यहीकारण यो दृश्यलाई ‘स्क्याण्डल’ मानिएको थियो । मिडिल टिनेस स्टेट युनिभर्सिटीका फस्र्ट अमेण्डमेण्ट एनसाइक्लोपीडयिाका अनुसार ‘एक्सटेसी’ पहिलो फिल्म थियो, जसलाई अमेरिकी कस्टम सर्भिसले आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो ।

फिल्मले सन् १९३६ मा री–एडिटेड भर्सनको अनुमति पायो । यद्यपि अमेरिकाका केही इलाकामा यसमाथि प्रतिबन्ध कायमै थियो । सन् १९४० मा मात्र फिल्मले अमेरिकामा वितरणका लागि आधिकारिक मान्यता पायो ।

यही फिल्ममा अभिनय गरेका कारण अभिनेत्री हेडीको करियरमा लामो समयसम्म असर परिरह्यो । सन् १९३८ मा उनीमाथि एक लेख लेखिएको थियो । जसको शीर्षक ‘फेम्ड थ्रु यूरोप एण्ड अमेरिका एज एक्सटेसी गर्ल’ थियो ।

यो लेखमा हेडीको एक भनाइ पनि छापिएको थियो । ‘यो फिल्म पछि मलाई मानिसहरुले यसरी हेर्थे कि मानौं चिडियाखानामा कुनै जनावर आएको छ’, उनले भनेकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ४ : १५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना