चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग « Khabarhub

चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौँमा बुधबार मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।

‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि’ हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : २१ बजे

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीनवर्ष जेल सजाय

सियोल– दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक योलद्वारा सन् २०२४

रन्जुले गरिन् पदाधिकारीमा दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

तनहुँ– स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्