रूपा सुनारको जातीय विभेद विरुद्धको विद्रोहमा सबैले साथ दिऔँ : डा. भट्टराई « Khabarhub

रूपा सुनारको जातीय विभेद विरुद्धको विद्रोहमा सबैले साथ दिऔँ : डा. भट्टराई


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा सबैले साथ दिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत रुपाले गरेको जातीय विभेद विरुद्धको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका हुन्।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं !’

बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि कोठा दिन इन्कार गरेकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ४८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर