सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भक्तपुर नगरपालिकाद्वारा आर्थिक सहयोग « Khabarhub

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भक्तपुर नगरपालिकाद्वारा आर्थिक सहयोग


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अन्जना देवी मधिकर्मी र नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतको टोलिले बुधबार आर्थिक सहयो हस्तान्तरण गरेको हो ।

मध्यपुर ठिमी नगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र मेलम्चि नगरपालिकालाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उपमेयर मधिकर्मीले हस्तान्तरण गरे ।

नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री मोहन बस्नेतले आफूहरुले निरन्तर सहयोग गरिरहेको जानकारी दिँदै उनले विरोधीहरुले कहाँबाट पैसा आयो भन्दै विभिन्न बखेडा भिकिरहेको बताए ।

उनले आफूहरुले पार्दशी ढंगले बाढी प्रभावित जनताको सेवा गरिरहेको बताए ।

बस्नेतले बाढीबाट मृत्य भएका दुईजनाका परिवारलाई जनही ५०-५० हजार रुपैया हस्तान्तरण गरे । उनले बाढी प्रभाविति हेलम्बुका तीन वटा वडाहरुमा १–१ लाखको सहयोग हस्तान्तरण गरेका थिए ।

हेलम्बु गाउँपालिका वडा नं ३, वडा नं ४ र वडा नं ७ लाई तार जाली लगाउन सहयोग गरेको उनले बताए । नेपाली काँग्रेस भक्तपुर जिल्लाले गरेको तीन लाख भन्दा बढिको सहयोग समेत आजै हस्तान्तरण गरिएको छ ।

विभिन्न ठाउँबाट सहयोग गर्नुहुने सबैलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले धन्यवाद दिए ।

अहिले बाढीका कारण प्रभावित जनताको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ५९ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि