‘तारक मेहता’का घनश्यामलाई क्यान्सर « Khabarhub

‘तारक मेहता’का घनश्यामलाई क्यान्सर


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ लाई सर्वाधिक हेरिने टेलिभिजन शो मानिन्छ । यो शो घर–घरमा लोकप्रिय छ । यो शो लोकप्रिय हुने कारण यसमा रहेका कलाकारको अभिनय नै हो ।

शोमा ‘नट्टु काका’को भूमिकामा अभिनय गर्ने कलाकार घनश्याम नायकको भूमिकालाई दर्शकले उत्तिकै मनपराउछन् । यिनै घनश्यामलाई क्यान्सर भएको छ ।

गत अप्रिलमा मात्र उनले आफूलाई क्यान्सर भएको थाहा पाए । त्यसपछि उनको उपचार सुरु गरियो । उनी आफुलाई क्यान्सर भए पनि काम गर्न छोडेका छैनन् । ७७ वर्षको उमेरमा पनि घनश्याम दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

गत वर्षको सेप्टेम्बरमा घनश्यामको घाँटीको सर्जरी गरिएको थियो । उनको घाँटीबाट आठ गाँठा निकालिएको थियो । सर्जरीपछि उनी लामो समयसम्म सुटिङबाट टाढा रहे । उनका छोराका अनुसार घनश्यामको हाल किमो सेसन चलिरहेको छ ।

‘बुवाको घाटीको पोजिट्रन एमिशन टोमोग्राफी स्क्यानिङ गरिएको थियो । जसकारण उहाँको रोग पत्ता लागेको हो । यद्यपि उहाँलाई गाँठाका कारण कुनै समस्या थिएन । तर उहाँको उपचार सुरु गरिएको थियो । अब आगामी महिना उहाँको पीइटी स्क्यान गरिनेछ । त्यसपछि मात्र घाटीको गिर्खा सकिएको छ या छैन भन्ने थाहा हुन्छ’ उनले भनेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५५ बजे

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि