बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत « Khabarhub

बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार आठौं नगरसभामार्फत नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख उद्धवप्रसाद खरेलले प्रस्तुत गरेका हुन् ।

उनले वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै कार्य सम्पादन गर्न सक्षम रहेको बताउँदै कोरोना भाइरसको जोखिमकाका कारण अपेक्षित काम हुन नसकेके धारणा राखे ।

उनले कोभिडकै बेला गत आर्थिक वर्ष दुई अर्व भन्दा बढिको बजेट सार्वजनिक भए पनि कोभिडकै कारण काम गर्न नसकिएको जानकारी दिए ।

मेयर खरेलले कोरोना भाइरस नियन्त्रण गर्न सबै काम छोडेर लाग्नुपरेको स्मरण गरे । उनले महामारीकैबीच नीति तथा कार्यक्रम पारित गरिए पनि निषेधाज्ञाले कार्यक्रम प्रभावित भएको बताए ।

उनले कोरोनाकै कारण अहिले पनि विभिन्न कार्यहरु थाति राखेको जानकारी दिए । ठुलठुला योजनाहरु चालु रहेको बताउनुभयो । कार्यक्रममा हाम्रो बूढानीलकण्ठ नामक बुलेटिन समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका