जसपाको ठाकुर पक्षले सांसदहरूको बैठक डाक्यो « Khabarhub

जसपाको ठाकुर पक्षले सांसदहरूको बैठक डाक्यो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ ।

पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न ठाकुर–महतो पक्षले बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो एक बजे पार्टीको बबरमहलस्थित कार्यालयमा बस्ने छ ।

पार्टी भित्र आन्तरिक विवादकाबीच ठाकुर–महतो पक्ष सरकारमा सहभागी भएको थियो । तर, मंगलबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशसँगै जसपाका नवनियुक्त सबै मन्त्री पदमुक्त भएका छन् ।

ठाकुर पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ ।
त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको ती नेताले बताए ।

कार्यकारिणी समिति बैठकमा पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले १५ दिनभित्र दाबी पेश गर्न भनेकोबारे छलफल हुने बताइएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनविरुद्धमा उभिएको छ भने ठाकुर–महतो पक्षले त्यसलाई स्वीकार गर्दै सरकारमा नै सहभागी भएको थियो।

जसपामा प्रतिनिधिसभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा विवाद छ । यादव–भट्टराई पक्ष कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सहभागी हुँदै प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : ४१ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन