जसपाको ठाकुर पक्षले सांसदहरूको बैठक डाक्यो « Khabarhub

जसपाको ठाकुर पक्षले सांसदहरूको बैठक डाक्यो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ ।

पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न ठाकुर–महतो पक्षले बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो एक बजे पार्टीको बबरमहलस्थित कार्यालयमा बस्ने छ ।

पार्टी भित्र आन्तरिक विवादकाबीच ठाकुर–महतो पक्ष सरकारमा सहभागी भएको थियो । तर, मंगलबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशसँगै जसपाका नवनियुक्त सबै मन्त्री पदमुक्त भएका छन् ।

ठाकुर पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ ।
त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको ती नेताले बताए ।

कार्यकारिणी समिति बैठकमा पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले १५ दिनभित्र दाबी पेश गर्न भनेकोबारे छलफल हुने बताइएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष प्रतिनिधिसभा विघटनविरुद्धमा उभिएको छ भने ठाकुर–महतो पक्षले त्यसलाई स्वीकार गर्दै सरकारमा नै सहभागी भएको थियो।

जसपामा प्रतिनिधिसभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा विवाद छ । यादव–भट्टराई पक्ष कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सहभागी हुँदै प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : ४१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र