भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध | Khabarhub Khabarhub

भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उसले आफ्नो आधिकारिक फेसबुकमा हालको मौसमको अवस्थाबारी जानकारी दिँदै केही ठाउँमा मध्यम वर्षा भइरहेको र यो प्रणाली अझै विकसित हुँदै गइरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लेखिएको छ, ‘हाल बाग्मती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यो प्रणाली अझ विकसित हुँदै गइरहेको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला ।’

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : १९ बजे

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको