खानामा कपाल भेटिए के गर्ने ? « Khabarhub

खानामा कपाल भेटिए के गर्ने ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ ।

यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?

कपाललाई खानु राम्रो हुदँैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : २५ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला