प्रकाश र सुनिता विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा | Khabarhub Khabarhub

प्रकाश र सुनिता विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ ।

सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनीहरुलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिए ।

गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा उनीहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।

उक्त समारोहमा गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनाए ।

गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गरिन् । गत वर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो मनसुनजन्य विपदमा परेर ठूलो जनधनको क्षति भएको थियो ।

समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गरे । उनले भने, “अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।”

समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : २५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार