महाधिवेशनबारे छलफल गर्न बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक « Khabarhub

महाधिवेशनबारे छलफल गर्न बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ ।

बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा बुढानिलकण्ठ पुगेका छन् ।

आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन् । आजको बैठक पार्टीको आसन्न महाधिवेशनकै विषयमा केन्द्रित हुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ। यद्यपि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमासमेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका