आजदेखि अनलाइनबाट ब्लू बुक नविकरण गर्न सकिने, यसरी लिनुस् सेवा « Khabarhub

आजदेखि अनलाइनबाट ब्लू बुक नविकरण गर्न सकिने, यसरी लिनुस् सेवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले अनलाइनबाट ब्लू बुक नवीकरण गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।

आजदेखि वाग्मती प्रदेशभित्र सवारी साधनको ब्लू बुक अनलाइनमार्फत नै नवीकरण गर्न सकिने भएको हो ।

जसमा सवारी कर, जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने छ ।

एक कार्यक्रमका बीच वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन सेवा शुभारम्भ गरेका हुन् । यो सेवा प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपबा‍ट उपलब्ध हुने जानकारी दिइएको छ ।

अनलाइन नवीकरण तथा भुक्तानी सेवाको लागि वाग्मती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारी धनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपट्टी नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।

वाग्मती प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइनमार्फत नै उपलब्ध हुने छन् ।

खासगरी यो अनलाइन सेवामा ब्लू बुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैँले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोबाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारीसहित भुक्तानी समेत गर्न सकिने सुविधा रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ५२ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति