कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार ठाउँबाट पाइने « Khabarhub

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार ठाउँबाट पाइने


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अब चार स्थानबाट लिन सकिने भएको छ । एकै ठाँउबाट सेवा प्रवाह गर्दा भीडभाड भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाका चार स्थानबाट प्रमाणपत्र उपलव्ध गराउने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीमा जानको लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएपछि केही दिनदेखि प्रमाणपत्र लिनेहरुको भीडभाड बढिरहेको छ ।

अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनमा रहेको सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिन सकिने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली तथा कुटनीतिक नियोगका प्रतिनिधिका लागि यो सेवा उपलब्ध गराइएको उनको भनाइ छ ।

मन्त्रालयले यसअघि खोप लगाएको प्रमाणपत्र टेकुस्थित शुक्रराज अस्पतालबाट मात्रै उपलब्ध गराउँदै आएको थियो।

सरकारले खोप लगाएका नागरिकलाई नेपाली भाषाको कार्ड उपलब्ध गराउँदै आएपनि विदेशमा अंग्रेजी भाषा आवश्यक पर्ने भएकाले समस्या हुँदै आएको थियो । एउटा प्रमाणपत्रका लागि घण्टौँ लाइन बस्नु पर्ने भन्दै आलोचना भएपछि सरकारले चार ठाउँबाट सेवा उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ०५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन