ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्छ : सांसद देव « Khabarhub

ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्छ : सांसद देव


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको विशेष समयमा उनले संविधानबिपरितको काम गरेर ओली सत्ताबाट बाहिरिनुपरेको बताएका हुन् । उनले ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्ने बताए ।

सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । उनले संविधानको सर्वोच्चमा कसैले पनि छोड्न नसक्ने बताए ।

एमालेभित्रकै सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध बिद्रोह गर्दा पनि केपी ओलीले प्रधानमन्त्रीको दावी गर्नु नै उचित नभएको उनको भनाइ थियो ।

उनले संसदीय सर्वोच्चतालाई कोही प्रधानमन्त्रीले पनि हस्तक्षेप गर्न नसकने तर्क गरे ।

राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका थिए ।

राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ०१ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था