ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्छ : सांसद देव « Khabarhub

ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्छ : सांसद देव


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको विशेष समयमा उनले संविधानबिपरितको काम गरेर ओली सत्ताबाट बाहिरिनुपरेको बताएका हुन् । उनले ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्नुपर्ने बताए ।

सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । उनले संविधानको सर्वोच्चमा कसैले पनि छोड्न नसक्ने बताए ।

एमालेभित्रकै सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध बिद्रोह गर्दा पनि केपी ओलीले प्रधानमन्त्रीको दावी गर्नु नै उचित नभएको उनको भनाइ थियो ।

उनले संसदीय सर्वोच्चतालाई कोही प्रधानमन्त्रीले पनि हस्तक्षेप गर्न नसकने तर्क गरे ।

राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका थिए ।

राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ०१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका