धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ, नेम्वाङजी हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा « Khabarhub

धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ, नेम्वाङजी हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको भएपनि उनले गलत ब्याख्या गरेको आरोप लगाएका हुन् ।

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो ।’

प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने बताए । उनले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारेका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसदमा विश्वासको मत लिन सकिने भएपनि त्यस्तो हुन नसकेको उनले बताउनुभयो । उनले विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप नलगाइएको स्पष्ट पारेका थिए ।

प्रतिनिसभा बैठकमा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

तिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : २३ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था