महाराजधिराज खुशी हुँदा हामीलाई आममाफी : माधव नेपाल « Khabarhub

महाराजधिराज खुशी हुँदा हामीलाई आममाफी : माधव नेपाल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई कटाक्ष गर्दै श्री ५ को संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीलाई ‘महाराजधिराज’ को संज्ञा दिएका हुन् । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो, माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।’

कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘महाराजधिराज कति खुसी हुनु भएछ, हामीलाई आममाफी मिलेछ । नाँच्नुपर्ने भयो । यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’

नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे । ओलीले गल्ती स्वीकार्दा आफ्नो उचाइ घट्ने सोच राखेको भन्दै नेपालले सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधान नआएको टिप्पणी गरे ।

उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन् कि भन्या छ भोलि सुध्रिन्छन् कि भन्या छ । केही नबोलेर हिजो मीठो-मीठो शब्द पनि मैले बोलेँ पुष्पलालको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।’

नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।

अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उनले बताए । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले आफूहरूले संसद जोगाएको दाबी गरे । उनले संविधानको रक्षा गरेको र स्वतन्त्र न्यायपालिकाको सम्मान गरेको पनि बताए ।

उनले देउवालाई समर्थन गर्ने आफू पक्षका सांसदलाई सलाम भन्न चाहन्छु भने ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ५८ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था