क्यान र डिश मिडियाबीच खेलको प्रत्यक्ष प्रशारण सम्झौता | Khabarhub Khabarhub

क्यान र डिश मिडियाबीच खेलको प्रत्यक्ष प्रशारण सम्झौता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।

शुक्रबार डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पीएम कप तथा मेयरर्स कपका महिला/पुरुष गरी ४ प्रतियोगिता डिश होमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : ४१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी