२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ६९८ जनाको पीसीआर परीक्षणबाट १ हजार ९८२ र ३ हजार ६१० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९५ जना गरी जम्मा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १३, उदयपुरमा ५, खोटाङमा ७,  झापामा ३०१, धनकुटामा १६, पाँचथर १,  भोजपुरमा १,  मोरङमा ९५, संखुवासभामा २,   सोलुखुम्बुमा १ र सुनसरीमा १०५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९, पर्सामा ५, बारामा १, महोत्तरी ८, सप्तरीमा ९, रौतहटमा ३, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४१०, काभ्रेमा १२, चितवनमा १८६, दोलखामा ५, धादिङमा १०, नुवाकोटमा ३३, भक्तपुरमा ६९, मकवानपुरमा ४२,  रामेछापमा ११, ललितपुरमा १३४ सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १७६, गोरखामा ३०, तनहुँमा ११, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, म्याग्दीमा १६, लमजुङमा ४ , बागलुङमा २६ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ५, गुल्मीमा ७, दाङमा २९, नवलपरासीमा ६, पाल्पामा १०, प्युठानमा ४,  बर्दियामा १, बाँकेमा ५, रोल्पामा १ र रुपन्देहीमा ३४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, सल्यानमा १ र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ५, कैलालीमा ५, डडेल्धुरामा ३, दार्चुलामा ३, र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १८ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।