अमेरिकाद्वारा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित अमेरिकी मिशनले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।अमेरिकी मिशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिव ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री सहयोगबारे नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘हालसालै हाम्रो डिफेन्स टिमका साथीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेर झन्डै ३ लाख अमेरिकी डलर बराबरको श्वासप्रस्वास सम्बन्धी उपचारमा प्रयोग हुने उपकरण तथा अक्सिजन मास्कहरू हस्तान्तरण गर्नुभयो।’

कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाल सरकारका विभिन्न निकायसँग मिलेर कोभिड प्रतिकार्यलाई कसरी चुस्त बनाउने र जीवन बचाउने उपकरणहरू कसरी थप उपलब्ध गराउने भन्ने विषयमा आफूहरु निरन्तर लागिरहेको दूतावासले जनाएको छ ।

अमेरिकाले केही दिन अघि जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३५ हजार ८५० डोज कोभीड-१९ भ्याक्सिन उपलब्ध गराएको थियो ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : १५ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।