कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार « Khabarhub

कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार



काठमाडौँ– कोभिड-१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रस्ताव चीनले अस्वीकार गरेको छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेका थिए।

चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले “सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान” गरेको टिप्पणी गरेका छन्।

उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए।

सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस फैलिन सुरु भएको वुहान सहरमा यस वर्ष ज्यानुअरीमा बल्ल डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगेको थियो।

त्यतिबेला उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो।

यद्यपि त्यस्तो मान्यता अहिले पनि विद्यमान छ। यो महिनाको आरम्भमा डा. टेड्रोसले डब्ल्यूएचओले गर्ने दोस्रो चरणको अनुसन्धानबारे बोलेका थिए।

उनले कोरोनाभाइरस पहिलो पटक देखा परेको क्षेत्रका वैज्ञानिक अनुसन्धान संस्थाहरूको परीक्षण गर्ने प्रस्ताव गरेका थिए।

बेइजिङलाई अनुसन्धानकर्ताहरूसँग “पारदर्शी हुन तथा खुला अनि सहयोगी बन्न” आग्रह गर्दै डा. टेड्रोसले बिरामीबारे अप्रशोधित तथ्याङ्क उपलब्ध गराउन आग्रह पनि गरेका थिए।

चीनले पहिलो चरणको अनुसन्धानका बेला त्यस्तो तथ्याङ्क दिएको थिएन।

बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए।

चीनले त्यस्ता सर्तहरू मान्न “असम्भव” भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाएको बताए।

“डब्ल्यूएचओले चिनियाँ विज्ञहरूको विचार र सुझावको गम्भीर समीक्षा गर्छ अनि कोभिड-१९ गराउने भाइरसको उत्पत्तिलाई वैज्ञानिक विषयका रूपमा हेर्छ तथा राजनीतिक हस्तक्षेपबाट मुक्त हुन्छ भन्ने हाम्रो अपेक्षा छ ,” समाचारसंस्था रोएटर्सले उनलाई उद्धृत गरेको छ।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाका निर्देशक पनि उक्त पत्रकार सम्मेलनमा उपस्थित थिए। उनले कोरोनाभाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको तर्क गरे।

सन् २०१८ मा उक्त प्रयोगशाला स्थापित भएदेखि त्यहाँबाट कुनै भाइरस पनि नचुहिएको अनि कुनै कर्मचारी पनि सङ्क्रमित नभएको उनको दाबी थियो।

कोभिड महामारी सुरु भएपछि विश्वभरि ४० लाख जनाभन्दा बढी मानिसको उक्त भाइरससँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव परेको छ।

केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ०१ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका