काठमाडौँमा निषेधालाई निरन्तरता दिइने, निर्णय गर्न प्रजिअको बैठक बस्दै | Khabarhub Khabarhub

काठमाडौँमा निषेधालाई निरन्तरता दिइने, निर्णय गर्न प्रजिअको बैठक बस्दै


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ ।

कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।

पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदै आएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : ०५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी