तेस्रो धारका नेताहरु एमालेमै रहने, स्थायी कमिटी बैठकमा सहभागी हुने (भिडियोसहित) « Khabarhub

तेस्रो धारका नेताहरु एमालेमै रहने, स्थायी कमिटी बैठकमा सहभागी हुने (भिडियोसहित)


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।

सोमबारको छलफल सकरात्मक रहेको सो छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आजको छलफल सकरात्मक भएको छ । समग्र एकताको कुरा भएको छ । भोलिको बैठकमा हामी सबै सहभागी हुन्छौं । र सोही बैठकमा बाँकी कुरामा छलफल गर्दै अगाडि बढ्छौं ।’

सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।

हेरौँ भिडियो

यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने थतस्ट बसेका थिए । मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ । त्यसअघि नै यसअघि नै कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्दै तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए । सोही अनुसार सोमबार भएको छलफल सकरात्मक भएपछि उनीहरु अब एमालेमै रहने भएका हुन् ।

तेस्रो धारका नेताहरुसँग सहमति जुटेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ५४ बजे

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी