अवैध लागूऔषधसहित ९ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित ९ जना पक्राउ


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका १६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै रुपन्देही, मायादेवी गाउँपालिका ८ पानी ट्याङ्की स्थितबाट करिब ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका ८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका २ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेका छन् । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उता सुनसरी, धरान उपमहानगरपालिका १० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ३ बस्ने २४ बर्षीय मो।नुरदिन र सप्तरी राजविराज नगरपालिका ११ बस्ने ३० बर्षीय वर्मदेव चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका ३ बाङ्गे नडाह सडक खण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईन सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(६ बस्ने पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही नगरपालिका ९ बस्ने २८ वर्षीय पाथे चन्द्रबंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माईला रहेका छन् । बाङ्गेबाट नडाहतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ४५५६ र प्र १-०२-०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बिशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।