अवैध लागूऔषधसहित ९ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित ९ जना पक्राउ


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका १६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै रुपन्देही, मायादेवी गाउँपालिका ८ पानी ट्याङ्की स्थितबाट करिब ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका ८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका २ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेका छन् । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उता सुनसरी, धरान उपमहानगरपालिका १० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ३ बस्ने २४ बर्षीय मो।नुरदिन र सप्तरी राजविराज नगरपालिका ११ बस्ने ३० बर्षीय वर्मदेव चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका ३ बाङ्गे नडाह सडक खण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईन सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(६ बस्ने पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही नगरपालिका ९ बस्ने २८ वर्षीय पाथे चन्द्रबंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माईला रहेका छन् । बाङ्गेबाट नडाहतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ४५५६ र प्र १-०२-०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बिशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका