नेपाली भूमि लिमी लाप्चा हुँदै मानसरोवर कैलाशको यात्रामा भारतीय भक्तजन « Khabarhub

नेपाली भूमि लिमी लाप्चा हुँदै मानसरोवर कैलाशको यात्रामा भारतीय भक्तजन


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् ।

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थालु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् ।

भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडौँबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् ।

नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् ।

भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन् ।

पहिलो चरणमा कुक(खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ ।

केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए । सद्गुरुको टोलीमा ५० भारतीय तीर्थारु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए । सामान लिमी लाप्चा पु¥याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए ।

अन्य तीर्थारु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए । अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नोपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु