माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा « Khabarhub

माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा

नयाँ पार्टी सनाखतका त्यहीबाट निर्वाचन आयोग जाने तयारी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नयाँ पार्टी सनाखतका लागि आयोगले बुधबार बोलाएको हुँदा आन्तरिक छलफल गर्न नेता नेपाल निकट नेताहरू चन्द्रागिरी पुगेका हुन् ।

नेताहरुका लागि रिसोर्ट बुक गरिएको एक नेताले बताए।

ती नेताले भने, ‘नयाँ पार्टीको विषयमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न यहाँ बस्न लागेका हौँ। माधव नेपाल पनि यहीँ आइसक्नुभएको छ।’

नेताहरू दायाँबायाँ हुनसक्ने भएकाले निर्वाचन आयोग जानुअघि सोही ठाउँमा बस्ने तय भएको बताइएको छ ।  नेता नेपालले आजै (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए।

यता एकता पक्षधर नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पार्टीमै रहने सहमति गरेका छन् । विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने गरी उनीहरूले सहमति गरेका हुन्।

उनीहरू भोलिको स्थायी कमिटीमा पनि सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : ४३ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले