‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको निधन « Khabarhub

‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको निधन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– भारतीय टेलिभिजन रियालिटी ‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूर अनेजाको हृदयघातका कारण इजिप्टमा निधन भएको छ । जगनूर इजिप्ट घुम्न गएका थिए ।

बुधबारमात्र जगनूरले इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा उनले आफ्नो इजिप्ट यात्राको फोटो लगातार शेयर गरिरहेका थिए । उनले रिल भिडियो शेयर गरेका थिए । जसमा उनी इजिप्टको सुन्दर लोकेशन र पिरामिडमा देखिएका थिए । भिडियो र तस्वीरमा उनी पूर्ण रुपमा फिट देखिएका थिए ।

‘एउटा सपना सत्य भयो । जब मैले गीजाको महान पिरामिडहरुलाई देखें । मेरो बकेट लिस्टमा एक इच्छा पुरा भयो’, उनले क्याप्सन लेखेका थिए । जनगूरको निधनको खबरले उनको परिवार र सेलिब्रेटी शोकमा छन् ।

जगनूरले ‘एमटीभी लभ स्कूल’ को पहिलो र दोस्रो सिजनमा अभिनय गरेका थिए । उनी आफ्नो पूर्व प्रेमिका मोनिकासँगको सम्बन्ध सुधार्नका लागि शोमा सहभागिता जनाएका थिए । तर उनीहरुको कुरा मिलेन र दुबैको ब्रेकअप भयो । शोका अर्का एक प्रतिष्पर्धीले जगनूरको सेक्सुअल ओरिएन्टेसनमा प्रश्न सोधेपछि उनलाई ‘गे’ भनिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ४ : ३६ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन