फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने | Khabarhub Khabarhub

फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने

९० प्रतिशत प्रभावकारी


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।

युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएको छ । फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशाेरकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन ९१ करोड १० लाख० बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।

अमेरिकाकै फाइजर-बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड-१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर-बायोएनटेक कम्पनीले दाबी गरेको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।

९० प्रतिशत प्रभावकारी

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ। उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।

‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ।

२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।

फाइजरको क्लिनिकल ट्रायल भाइरसविरुद्ध प्रभावकारिता मापन गर्न डिजाइन गरिएको थिएन। यसको उद्देश्य परीक्षण पूरा गरिसकेका प्रौढहरुको तुलनामा खोप लगाएका बालबालिकाहरुमा ‘न्युट्रलाइज्ड एन्टीबडी’को मात्रा कस्तो छ भनी तुलना गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ०० बजे

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु

नहरको इन्टेकमा बालक मृत फेला

धनगढी– कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको