सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता « Khabarhub

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।

उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ ।

बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ०१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका