सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू « Khabarhub

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै सरकारले योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनाको काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको उल्लेख गरे ।

बाढी र पहिराबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उनले बताए । ‘पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,’मन्त्री बडूले भने, ‘देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।’

फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए । ‘मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,’ उनले भने, ‘अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।’

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : २४ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि