एमाले देशको एकमात्र नेता पार्टी हो: केपी ओली (भिडियो) « Khabarhub

एमाले देशको एकमात्र नेता पार्टी हो: केपी ओली (भिडियो)


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन् ।

जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु पर्ने बताए । उनले पार्टीका कामलाई नमूना कामका रुपमा मार्गदर्शन गराउनुपर्ने बताए ।

आफ्नै नेतृत्वमा संविधान कार्यान्वयनका क्रममा गएको बताउँदै उनले संविधान अनुसार नै सबै तहको निर्वाचन गरिएको र अब पार्टीलाई पनि संविधान अनुसार नै अघि बढाउने बताए । उनले शक्ति विन्यास, स्रोत बाँडफाँडका रुपमा पनि पार्टीलाई संविधान अनुसार नै हुने उनले स्पष्ट पारे ।

एमालेले ८ हजारभन्दा बढी कमिटीहरू गठन गरेको बताएका छन् । यी कमिटीलाई परिचालन गर्ने पार्टीले नै रहेको बताउँदै ओलीले त्यसका लागि आवधिक रुपमा अधिवेशन र सम्मेलन गरिने बताए ।

सात दशकको अवस्थामा पार्टीले धेरै उत्तार चढाव भोगेको भन्दै धेरैले बलिदान दिएर यो अवस्था आएको बताए । उनले एमालेलाई यो स्थानमा ल्याउन प्रेरणा दिने अग्रज प्रति आदर सद्भाव व्यक्त गर्दै सोही मार्ग दर्शनबाट अघि बढ्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए ।

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् ।

पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

बाढी पहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ४१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री