बाढी पीडितका दुःख– लाखौं गुमाएर पाँच हजार राहत « Khabarhub

बाढी पीडितका दुःख– लाखौं गुमाएर पाँच हजार राहत


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान गुमाए ।

कात्तिक सुरुमा भएको वर्षाले बैतडीका सयौँ घरपरिवारलाई घरबार विहीन बनाएको छ भने, जिल्लाका दर्जनौँ बस्ती जोखिममा छन् । सबैभन्दा बढी क्षति सिगास गाउँपालिकामा भएको छ ।

सिगास–५ मा पाँचवटा घर भत्किनुका साथै एस सय १० परिवारको एक सय ५० बिगाह धानखेत बगरमा परिणत भयो । पहिरोले सुर्नया गाउँपालिका–८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भए । पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिए ।

१ कात्तिकमा खसेको पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा, उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्ण रुपले विस्थापित भएको उनले बताए । यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्तीमाथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो । ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको छ ।

यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष बोहराले बताए । कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै सुर्नया गाउँपालिका–७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा छन् । घरमाथिबाट खसेको पहिरोले तीन घर आंशिक रुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए ।

मेलौली नगरपालिका– २ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ । स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि परिवार नै विस्थापित छ । लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

दशरथचन्द नगरपालिका– २ का विभिन्न ठाउँमा क्षति भएको छ । वडा २ मा तीन घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको स्थानीय एमाले नेता सुर्य बोहराले बताए ।

सरगरमा एकघर भत्किएपनि १८ घरहरु पहिरोको उच्च जोखिममा रहेको बोहराले बताए । पहिरोका कारण विद्यालय जाने बाटो र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

पाटनमा वर्षाले ५ओटा घर पूर्णरुपले भत्किएको छ भने अन्य धेरै घर संरचना तथा सरकारी संरचनामा क्षति पुगेको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले वताए ।

पीडितलाई राहत दिन नसकेकोमा भने उनी चिन्तित छन् । श्रोत नभएकाले विगतका वर्षमा पनी लाखौँको क्षति भएका परिवारलाई पाँच हजार मात्रै दिन सकिएको र यसपालि समेत यो भन्दा वढी दिन नसकिने उनको भनाइ छ ।

दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द स्थानीय सरकारसंग पर्याप्त बजेट नभएको भन्दै पीडितलाई संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : ०० बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।