५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न « Khabarhub

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ । स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ ।

निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : ३९ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि