हनुमानको पूजा वा व्रत मंगलबार नै किन गरिन्छ ? « Khabarhub

हनुमानको पूजा वा व्रत मंगलबार नै किन गरिन्छ ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबार विशेषगरी हनुमानको पूजा आराधना गरिन्छ । यस दिन हनुमानको उपासनासँगै व्रत बस्ने धार्मिक चलन छ ।

रामभक्त संकटमोचक हनुमानका नाममा मंगलबार समर्पित छ । त्यसैले हरेक मंगलबार हनुमान मन्दिरमा भक्तको भिड हुन्छ । तर पनि मंगलबार हनुमानको पूजा गरिन्छ ।

हनुमानको पूजा मंगलबार गर्नुमा विशेष कारण छ । हनुमान र मंगलबारको अत्यन्त गहिरो सम्बन्ध छ । स्कन्द पुराण अनुसार पवन पुत्र हनुमानको जन्म मंगलबार नै भएको थियो । त्यसैले धर्मशास्त्र अनुसार मंगलवारको व्रत राखे वा पूजा गरे हनुमान चाँडै प्रसन्न हुन्छन् । यस दिन हनुमानको उपासनाका क्रममा हनुमान चालिसा र सुन्दरकाण्ड पाठ गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको पूजा गर्नुको विशेष महत्त्व छ । जसको कुण्डलीमा मंगल ग्रहको अशुभ स्थिति हुन्छ त्यस्ता व्यक्तिले मंगलबारको हनुमान पूजा र उपाय गरे लाभ मिल्ने ज्योतिषमय मान्यता छ ।

यति मात्र होइन, मंगलबार हनुमानको पूजा–अर्चना गर्दा शनिको कुदृष्टिबाट समेत राहत पाउन सकिने ज्योतिषमय मान्यता छ । जुन राशिका जातकमा शनिको महादशा चलेको छ उनीहरूले मंगलबार हनुमानको पूजा गरे अत्यन्त लाभ हुने ज्योतिषमय मान्यता छ । यही कारणले हनुमानको उपासना मंगलबारको सट्टा शनिवार समेत गरिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ४५ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा