दैनिक थपिने संक्रमित र मृतकको संख्या बढ्यो « Khabarhub

दैनिक थपिने संक्रमित र मृतकको संख्या बढ्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ४ लाख २८ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ६० हजार ७४२ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार २८८ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा ६० हजार २१०, बेलायतमा ४४ हजार ९१७, रुसमा ३५ हजार ६८१, टर्कीमा २४ हजार ८५६ र ब्राजिलमा २ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा अमेरिकामा ८५ हजार ७२, टर्कीमा २८ हजार ९३५, रुसमा २८ हजार ७१३, ब्राजिलमा ८ हजार ३२५ जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २४१, अमेरिकामा ३४९, टर्कीमा १९३, ब्राजिलमा १२० र बेलायतमा ४५ जना छन् ।
यसअघि सोमबार ३ लाख ८५ हजार ३१ जना संक्रमित थपिएका थिए भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको थियो ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ८३ लाख ३७ हजार ५१ पुगेको छ । तीमध्ये २३ करोड ३७ लाख ६० हजार १०६ जना निको भइसकेका छन् भने ५१ लाख ७३ हजार ८८५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : १४ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित