डोटीमा आपसी झगडामा एकको मृत्यु « Khabarhub

डोटीमा आपसी झगडामा एकको मृत्यु


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ५३ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते