भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग « Khabarhub

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग



दोहा – वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।

सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका रन्जन कुमार शाह अलपत्र परेका छन् ।

उनीहरू सिराहाका एजेन्ट रबिरन्जन कुमार गुरमेहेताले दुवइको एडिमन रक कम्पनीमा मासिक तलब १३ सय दिराम हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुवइ पठाएको अलपत्र मध्यका नरेश कुमार यादवले जानकारी दिए ।

उनीहरूलाई दुबई पुग्ने बित्तिकै त्यहाँको स्थानीय एजेन्ट दुर्गा राईले विमानस्थलमा भेट गरेको र उनीहरू सातै जनासँग प्रतिव्यक्ति पाँच सय डलर लिएर अर्का एजेन्ट चित्र नाम गरेको व्यक्तिलाई जिम्मा लगाएको तथा उनले पनि उनीहरुबाट पाँच सय डलर लिएर एउटा कोठामा रहेको नरेशले बताए ।

एजेन्ट गुरमेहेताले सरसफाईमा काम लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपैयाँ लिएर पर्यटक (टुरिस्ट) भिसामा पठाएको उनीहरूले बताएका छन् ।

‘हामी दुवइ आएको दुई महिना भयो एजेन्टले भने अनुसारको कम्पनीमा काम पनि दिएन कहिले अर्को सप्लाई कम्पनीमा काम गर्न जाँ भन्छ ८/९ सय दिराम सुख्खा हुन्छ भन्छ,’ नरेशले खबरहबसंग भने, ‘अहिले हामीले काम गरेका छैनौ अहिले हामी तीन जनाको पासपोर्ट पनि छैन,पासपोर्ट देऊ भन्दा एक लाख रुपैयाँ देऊ भन्छ।’

अहिले आफूहरू सातै जनालाई एउटै कोठामा राखेको खाना समेत पर्याप्त नदिएको र कोठामा पनि बेड नभएकोले भुईँमा सुत्नु परेको उनीहरूले बताएका छन् ।

‘चामल दिए पनि दाल, सब्जी, तेल लगाएका समान दिएको छैन, उनले भने, ‘हिजो पनि एक केजी आलु दिएको थियो त्यो एक केजी सब्जी हामी सात जनाले कति दिन खानु त्यत्रो पैसा तिरेर केही राम्रो होला भनेर यहाँ आयौ अहिले भातमा नुन पनि हालेर खानु परेको छ।’

नेपालमा बाबुआमालाई एजेन्टको घरमा पठाउँदा उल्टै धम्क्याउने गरेको उनीहरूको गुनासो छ । उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

भिजिट भिसा जोखिमपूर्ण

दुबईस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको छ ।

भिजिट भिसामा आएर काम नपाएमा वा भनेनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न समेत नसकिने दूतावासले भन्दै आएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पार्न सक्ने दूतावासले जनाएको छ । दूतावासले भिजिट भिसामा आएर अलपत्र परेकाहरुलाई सहयोग गर्न नसक्ने बताएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित